logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बरहथवा ११ हीरापुरमा २ महिनापछि बत्ती बल्यो


  • उज्यालो अभियान

Exif_JPEG_420

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा दुई महिनापछि बत्ती बलेको छ ।

यसअघि ग्रामीण विद्युतीकरणअन्तर्गत विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले बक्यौता रकम बुझाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणले गएको मङ्सिर २७ गतेदेखि सो गाउँमा बत्ती काटेको थियो । प्राधिकरणले लाइन काटेपछि सो वडाको हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँका वासिन्दा दुई महिनादेखि अन्धकारमा बस्नुपरेको थियो ।

सहकारीको नाममा रहेको १३ लाख २६ हजार ३४ रुपियाँ बक्यौता रकम बरहथवा नगरपालिकाले तिरिदिने भएपछि प्राधिकरणले आइतबार रातिबाट बत्ती छाडेको हो ।

गाउँमा अब ग्रामीण विद्युतीकरण हटाएर सोझै प्राधिकरणमार्फत मिटर राख्ने र बिल काट्ने व्यवस्था मिलाइएको बरहथवा नगरपालिका ११ का वडाध्यक्ष नवराज राईले जानकारी दिए ।