सब-ईन्जिनियर राेशन यादव ।
ईश्वरपुर – आफैले चलाएकाे सरकारी माेटरसाईकल दुर्घटना हुँदा लालबन्दी नगरपालिकाका सब-ईन्जिनियर राेशन यादवकाे मृत्यु भएकाे छ ।
लालबन्दीबाट जनकपुरतर्फ गईरहेकाे अवस्थामा शुक्रबार राती सबा १० बजे यादव चढेकाे ना. १ ब २५५६ नम्बरकाे माेटरसाईकल ईश्वरपुर नपा-१२ स्थित बाँके जंगलखण्डमा अनियन्त्रित भई आफै दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । गम्भिर घाईते यादवकाे सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएकाे प्रहरीले जनायाे ।
धनुषा जिल्लाकाे धनुषाधाम नपा-३ निवासी ३० वर्षीय यादव लालबन्दी स्थित डेराबाट राती ९ बजेतिर घरतर्फ हिँडेका थिए । राती परिवारसँग भिडियाे कल गर्ने वितिकै उनी घरतर्फ हिँडेकाे भन्ने जानकारी आएकाले परिवारका सदस्यसँग विस्तृत जानकारी लिने लगायत अनुसन्धानकाे काम भईरहेकाे प्रहरीले जनाएकाे छ ।