नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव (बायाँ) र लोसपाका नेता राजेन्द्र महतो । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – सर्लाही २ काे मतगणनामा महिन्द्र राय यादवले मतान्तर फराकिलाे पार्दै अग्रता जारी राखेका छन् ।
नेकपा माओवादी केन्द्रकाे चुनाव चिन्ह हँसिया हथाैडाबाट उम्मेद्वारी दिएका नेपाल समाजवादी पार्टीका अध्यक्ष २० हजार ७३८ मत यादवले प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी लाेकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महताेले १८ हजार ७९३ मत रहेकाे छ । त्यस्तै नेकपा एमालेका राजनारायण साहले १३ हजार ६४३ मत प्राप्त गरेका छन् ।
६६ हजार २३० मतगणना हुँदा याे परिणाम आएकाे हाे । उक्त क्षेत्रमा ७४ हजार ७५५ मत खसेकाे हुँदा अब ८ हजार ५२५ मत मात्र गन्न बाँकी छ । शनिबार दिउँसाेसम्म अन्तिम मतपरिणाम आउने अनुमान गरिएकाे छ ।