logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

सर्लाही २ प्रतिनिधि सभामा महिन्द्र र प्रदेश ख मा काैशल किशाेर विजयी


  • उज्यालो अभियान

मतगणना स्थल बाहिर टेण्ट लगाएर बनाईएकाे आफ्नाे क्याम्पमा नेता महिन्द्र राय यादवसँग सेल्फि लिँदै कार्यकर्ताहरु । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा – सर्लाहीको २ काे प्रतिनिधि सभा सदस्यमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव विजयी भएका छन् । त्यस्तै ख काे प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका काैशलकिशाेर राय निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न मतगणनाकाे अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्यमा महिन्द्र र प्रदेश सभामा काैशल किशाेर निर्वाचित भएकाे जिल्ला स्थित सुरक्षा स्राेतले जानकारी दियाे । मतगणनाकाे रूजु गर्ने काम चलिरहेकाले आधिकारिक रुपमा घाेषणा गर्न भने केहीछिन लाग्ने बताईएकाे छ । कुन उम्मेद्वारले कति मत ल्याए भन्ने विस्तृत विवरण पनि आधिकारिक घाेषणा पश्चात् मात्रै थाहा हुने एक सुरक्षा अधिकारीले जानकारी दिए ।