logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही २ ख मा त्रिपक्षीय भिडन्तले रोमाञ्चक रुप लियो


  • उज्यालो अभियान

बायाँबाट क्रमशः कौशल किशोर राय, मेथुर चौधरी र अशोक कुमार यादव । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा – सर्लाहीको २ नम्बर क्षेत्र अन्तर्गत ख प्रदेश सभाको जारी मतगणनामा तीनजना उम्मेद्वार बीच रोमाञ्चक ढंगले प्रतिष्पर्धा भएको छ । ३ हजार ६२७ मत मत गन्न बाँकी छँदा तीनजना उम्मेद्वारबीच ५०० मतान्तर भित्रै प्रतिष्पर्धा रहेको छ ।

यो समाचार तयार पार्दासम्म ३५ हजार ८२१ मतगणना भएको छ । जसमा नेपाली कांग्रेसका उम्मेद्वार कौशल किशोर रायले ८ हजार ८२२, लोकतान्त्रिक समाजवादी पार्टीका मेथुर चौधरीले ८ हजार ४९४ र जनता समाजवादी पार्टीका अशोक कुमार यादवले ८ हजार ३९१ मत प्राप्त गरेका छन् । ६२ हजार ९६६ मतदाता रहेको उक्त प्रदेश सभा क्षेत्रमा ३९ हजार ४४८ मत खसेको थियो । जसअनुसार अब ३ हजार ६२७ मत मात्रै गणना हुन बाँकी छ ।

मतगणनाको सूरुवात देखि नै यी तिनैजना उम्मेद्वार बीच उतारचढाव भईरहेको थियो । गणना हुने मत घटदै गएर अन्तिम समय आएपछि त्रिपक्षीय भिडन्तले थप रोमाञ्चक रुप लिएको छ । अशोक यादव सोही प्रदेश सभाका निवर्तमान प्रदेश सभा सदस्य हुन् भने नेपाल शिक्षक संघका पूर्व अध्यक्ष समेत रहेका कौशल किशोर राय कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति, मेथुर चौधरी जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख हुन् ।