गाेडैता – सर्लाहीकाे क्षेत्र नम्बर ४ ख प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका फकिरा महताे विजयी भएका छन् ।
८ हजार ३३ मत सहित महताेले प्रदेश सभा सदस्यमा बाजि मारेका हुन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ´बागी` उम्मेद्वार अनिता देवीले ७ हजार ६७६ मत प्राप्त गरेकी छिन् । ४ क अन्तर्गत धनकाैल गाउँपालिका घर भएका महताेले ख प्रदेशमा झिनाे मतान्तरले जीत निकाल्न सफल भए ।
याे सहित सर्लाहीमा ५ जना प्रदेश सभा सदस्यकाे अन्तिम मत परिणाम सार्वजनिक भएकाे छ । यसअघि सर्लाही १ काे ख मा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र क मा लाेकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महताे विजयी भएका छन् भने ३ ख मा जसपाका संजय कुमार यादव र ४ क मा कांग्रेसका वीरेन्द्र प्रसाद सिंह विजयी भईसकेका छन् ।