आईतबार साँझ सगुन सहकारीकाे सभाहलमा आयाेजित पुरस्कार वितरण एवं समापन कार्यक्रमका अतिथिहरु ।

अशक्त भाेज बहादुरलाई सहयाेग प्रदान गरिँदै ।

मजमावि हरिवनका विद्यार्थी एवं शिक्षकहरु सँग लागूऔषध विरुद्द सचेतना कार्यक्रम पश्चात् सामुहिक तस्बिर ।
हरिवन – हरिवन सिटि जेसिज(प्रस्तावित) ले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै जेसिज सप्ताह-२०२२ सम्पन्न गरेकाे छ ।
जेसिजकाे साताव्यापी कार्यक्रम अन्तर्गत गत विहिबार उद्घाटन तथा हरिवन बजार स्थित पूर्व-पश्चिम राजमार्गकाे ३ स्थानमा ´जेब्रा क्रसिङ` पेण्ट, शुक्रबार हरिवनकाे कैलाशपुरी स्थित मानव सेवा आश्रममा खाद्यान्न सहयाेग, हरिवनकाे महादेव जनता माविका विद्यार्थीहरुसँग लागूऔषध दुर्व्यसनी विरुद्द सचेतना कार्यक्रम र हरिवन नगरपालिका-८, हनुमानचाेक निवासी अशक्त भाेज बहादुर मगरलाई ह्विलचेयर सहयाेग गरिएकाे जेसिजका संस्थापक अध्यक्ष विनाेद महतले जानकारी दिए । त्यस्तै शनिबार हरिवन बजारमा रक्तदान कार्यक्रम तथा उज्यालाे अभियान मिडिया ग्रुप र जेसिज बीच मैत्रिपूर्ण फूटबल प्रतियाेगिता भएकाे छ जेसिजका महासचिब श्रवण भट्टराईले जनाएका छन् ।

मानव सेवा आश्रममा सहयाेग एवं सम्मान गरिँदै ।

हरिवन बजार स्थित पूर्व-पश्चिम राजमार्गमा जेब्रा क्रसिङ बनाईँदै ।

उद्घाटन समाराेहमा उपस्थित अतिथिहरु ।

उज्यालाे अभियान मिडिया ग्रुप र हरिवन सिटी जेसिजबिच मैत्रिपूर्ण फूटबल प्रतियाेगिताका खेलाडी एवं अफिसियलहरु ।
आईतबार साँझ सगुन सहकारीकाे सभाहलमा पुरस्कार वितरण एवं समापन सहित हरिवन जेसिजकाे साताव्यापी कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमहरुमा हरिवन नगरपालिकाका मेयर कमल बुढाथाेकी, उपमेयर हरिमाया घलान, वडाध्यक्षहरु काेकिलानन्द उप्रेती, शम्भु मैनाली, शेष मेहबुब रेजा, प्रज्वल ढुंगाना, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री, नेपाल प्रहरीका नायब उपरीक्षक चित्र कुमार भट्टराई, सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्की, मकवानपुरकाे वसामाडी जेसिजका अध्यक्ष चिराग अग्रवाल, २०२१ का अध्यक्ष गाैतम केसी, वसामाडीका जेसि प्रविन मैनाली, चपुर जेसिजका अध्यक्ष उज्वल रिजाल, लालबन्दी जेसिजका अध्यक्ष सन्ताेष पाैडेल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

हरिवन बजारमा आयाेजित कार्यक्रममा रक्तदान गरिदै ।