मलंगवा – सर्लाहीको क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका २३ जना नेतासँग जिल्ला अनुशासन समितिले स्पष्टिकरण मागेको छ ।
जिल्ला उपसभापति एवं जिल्ला अनुशासन समितिका संयोजक डा. सरोज कुमारले पत्र काट्दै १९ जना नेतालाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएका छन् । पत्रमा ती २३ जना नेताले आधिकारिक उम्मेदवारविरुद्ध विपक्षीलाई सहयोग हुने गरी कार्य गरेको आरोप लगाइएको छ । स्पष्टीकरण सोधिएका नेतामा बलरा नगरपालिका–९, का रविनन्दन चौधरी, बलरा २ का क्षेत्रीय प्रतिनिधि कांशिकान्त सिंह, बलरा ७ का वडाध्यक्ष प्रवीणकुमार सिंह, रोहुवाका वडा सभापति उदय झा लगायत छन् ।
स्रोतका अनुसार उनिहरु नेपाली कांग्रेसका बागी उम्मेदवार डा. अमरेशकुमार सिंहको पक्षमा खुलेका छन् । क्षेत्र नं. ४ मा कांग्रेसले पूर्व जिल्ला सभापति नागेन्द्र कुमार रायलाई टिकट दिइ चुनावी मैदानमा उतारेको छ । निवर्तमान संघिय सांसद सिंह बागी उम्मेदवारी दिँदै स्वतन्त्रबाट प्रतिस्पर्धामा छन् ।

कांग्रेस नेता शम्भुलाल श्रेष्ठलाई साधारण सदस्यबाटै निष्काशनकाे सिफारिस