logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कांग्रेस नेता शम्भुलाल श्रेष्ठलाई साधारण सदस्यबाटै निष्काशनकाे सिफारिस


  • उज्यालो अभियान

कांग्रेस नेता शम्भुलाल श्रेष्ठ ।

सर्लाही कांग्रेसले क्षेत्र नम्बर ४ का २३ जना नेतालाई स्पष्टिकरण साेध्याेलालबन्दी – नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ ले पार्टीका पूर्व आमन्त्रित केन्द्रिय सदस्य एवं नेपाल सरकारका पूर्व पशुपंक्षि विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठलाई दोस्रो पटक कारवाहीको सिफारिस गरेको छ ।

केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत रहेका श्रेष्ठले क्षेत्रीय कार्य समितिको निर्देशनलाई बेवास्ता गर्दै गठवन्धनका उम्मेदवारलाई सहयोग नगरेको, बरु उल्टै स्वतन्त्र उम्मेदवारको प्रचारप्रसारमा सरिक भएको आरोप लगाउँदै दोस्रो पटक कारवाहीको सिफारिस गरेको हो । क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीद्वारा हस्ताक्षरित कारवाहीको सिफारिस पत्र पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रकै अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानालाई बुझाइएको छ ।

पत्रमा कात्तिक २३ गते बसेको क्षेत्रीय कार्य समितिको बैठकले कांग्रेसको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको उल्लेख छ । क्षेत्रीय समितिको पत्र बुझ्दै केन्द्रीय अनुशासन समितिका संयोजक ढुंगानाले कसैलाई पनि पार्टीको निर्णय विरुद्ध लाग्ने छुट नरहेको र यदी निर्णयको अवज्ञा गरे विधान बमोजिम कारवाही हुने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षका श्रेष्ठलाई गठवन्धनको पक्षमा लाग्न सचेत गराउँदै संस्थापन इतर पक्षको बर्चश्व रहेको क्षेत्र नं. १ को क्षेत्रीय कार्य समितिले केही दिनअघि पनि पहिलो पटक पत्र काटेको थियो । नेता श्रेष्ठले पनि पहिलो पत्रको जवाफ फर्काउँदै स्थानीय तह निर्वाचनमा अन्तरर्घात गर्नेहरुले आफूलाई कारवाहीको सिफारिस गर्नु उचित नभएको उल्लेख गरेका थिए । नेता श्रेष्ठ सर्लाही क्षेत्र नं. १ मा उम्मेदवारकाे आकांक्षी थिए। अन्तिममा लोसपासँग गठवन्धन भएपछि यस क्षेत्रमा सत्ता गठवन्धनको तर्फबाट लोसपाका रामप्रकाश चौधरीले टिकट पाएका छन् ।

श्रेष्ठले क्षेत्र नम्बर १ मा एमालेबाट ´बागी` स्वतन्त्र उम्मेद्वार मान बहादुर खड्का, १ क मा माओवादीका रामचन्द्र सिंह कुशवाहा र ख मा माओवादीका ´बागी` उम्मेद्वार राजन श्रेष्ठलाई सहयाेग गरेकाे आराेप लाग्दै आएकाे छ ।