राजघाट – सर्लाहीको बागमती नगरपालिका-६, राजघाटमा आयोजित प्रदेश स्तरीय चौथो राजघाट कप फुटबल प्रतियोगिताको उपाधि मूर्तिया युवा क्लब मूर्तियाले चुमेको छ ।
सोमबार भएको फाइनल खेलमा आयोजक समाजसेवा युवा क्लब राजघाटलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मूर्तिया बिजेता बनेको हो । उपाधीसँगै मूर्तियाले एक लाख एक हजार एक १५१ रुपैयाँ नगद हात पारेको छ ।
उपबिजेतामा सिमित आयोजक राजघाटले भने ५१ हजार १५१ रुपैयाँमै चित्त बुझाउनु परेको छ । प्रतियोगिताको बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीलाई आयोजक क्लबका अध्यक्ष कृष्णबहादुर वाईबाको अध्यक्षतामा संविधान सभा सदस्य एवं सत्ता गठबन्धनकाे तर्फबाट क्षेत्र नं. ३ मा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्रप्रसाद साह, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लिलाकुमारी मोक्तान र क्षेत्र नं. ३ क मा स्वतन्त्र उम्मेदवार जवाहारलाल कुशवाहाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका कार्यक्रम सञ्चालक एवं आयोजक क्लबका सचिव हरि खड्काले जानकारी दिए । प्रतियोगितामा सर्लाही, रौतहट, बारा र धनुषाका गरी १७ वटा क्लबको सहभागिता रहेको थियो ।