logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राजघाट फुटबल : आयोजकको सहज जित


  • उज्यालो अभियान

राजघाट – सर्लाहीको बागमती नगरपालिका–६, राजघाटमा जारी मधेश प्रदेश स्तरीय फुटबल प्रतियोगितामा शनिबार आयोजक समाजसेवा युवा क्लब राजघाटले आकाशदीप युवा क्लब बरहथवालाई पराजित गरेको छ ।

निर्धारित समयको खेलमा आयोजक समाजसेवाले डिबक्स भित्र पाएको फौअललाई सदूपयोग गर्दै पेनाल्टीमार्फत १ गोल गर्दै आकाशदीपमाथि जित हात पारेको हो । बागमती नगरपालिका लगायतको सहयोगमा आयोजित यस प्रतियोगितामा सर्लाहीसहित छिमेकी जिल्लाहरुबाट समेत गरी १७ वटा क्लब सहभागी छन् ।

कात्तिक १४ गते फाइनल खेल हुने प्रतियोगिताको बिजेताले १ लाख १ हजार १५१ रुपैयाँ र उपबिजेताले ५१ हजार १५१ रुपैयाँ हात पार्ने आयोजक समाजसेवा युवा क्लब राजघाटका अध्यक्ष कृष्णबहादुर वाईवाले जानकारी दिए ।