logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

क्षेत्र नं. १ मा उम्मेदवारलाई निर्वाचन आचारसंहिताबारे प्रष्टाइयो


  • उज्यालो अभियान

निर्वाचन आचारसंहिताबारे बताउँदै क्षेत्र नं. १ का निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्याय । तस्बिर : उज्यालो अभियान

लालबन्दी – सर्लाहीको क्षेत्र नं. १ मा प्रतिनिधि र प्रदेश सभा सदस्यतर्फका उम्मेदवारलाई बिहीबार निर्वाचन आचारसंहिताबारे जानकारी प्रदान गरिएको छ ।

लालबन्दीस्थित पुरानो नगरपालिका भवनमा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा यहाँका निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायले मंसिर ४ को निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिताबारे दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई प्रष्ट पारेका हुन् । निर्वाचन अधिकृत उपाध्यायले सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरिदिन आग्रह समेत गरे ।

उनले आचारसंहिताबारे सहभागी उम्मेदवारले राखेका जिज्ञाशाको जवाफ पनि दिएका थिए । निर्वाचन अधिकृत उपाध्यायले चुनावी प्रचार प्रसार गर्दा, र्याली निकाल्दा तथा अन्य चुनावी गतिविधि गर्दा उम्मेदवारले गर्न हुने तथा नहुने गतिविधिबारे जानकारी गराएका क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यतर्फ १९ जना र प्रदेश सभा सदस्यतर्फ (१) मा १८ जना र (२) मा ११ जनाको उम्मेदवारी परेको छ ।