logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाही २ मा सत्ता गठवन्धनको उम्मेदवार राजेन्द्र हैन महिन्द्र भन्दै विज्ञप्ति जारी


  • उज्यालो अभियान

नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव (बायाँ) र लोसपाका नेता राजेन्द्र महतो । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सत्ता गठबन्धनले सर्लाही २ मा महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भन्दै जारी गरेकाे विज्ञप्ति सार्वजनिक भएकाे छ ।

सार्वजनिक विज्ञप्ति अनुसार गठबन्धनले यादवलाई आफ्नाे उम्मेदवार बनाएपछि सत्ता गठबन्धन अन्तर्गत लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो भने एक्लिएका छन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकाे संयुक्त हस्ताक्षरमा जारी विज्ञप्ति अनुसार नेकपा माओवादी केन्द्रकाे चुनाव चिन्ह हँसिया हताैडामा उम्मेद्वार बनेका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएकाे दाबी गरिएकाे छ ।

त्यस्तै, सर्लाही २ को प्रदेश क मा सुनिल साह र ख मा कौशल किशोर यादव गठबन्धनको साझा उम्मेदवार भएको उल्लेख विज्ञप्तिमा दाबी गरिएकाे छ । यता प्रदेश क मा कांग्रेसकै जंगिलाल राय तथा यहाँ एमाले जसपा गठबन्धनले एमालेका राजनारायण साहलाई उम्मेदवार बनाएको छ । उनी सर्लाही जिल्ला अध्यक्ष पनि हुन् ।