भोर्लेनी – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानिपुरमा जारी पाँचौं वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) वडा नं. ६ र १६ ले खेल्दै छन् ।
खेल अपरान्ह परवानिपुरस्थित मिरमिरे युवा क्लब भोर्लेनीको खेल मैदानमा हुने छ । सेमिफाइनलमा वडा नं. ४ लाई हराउँदै वडा नं. ६ तथा वडा नं. ३ लाई हराउँदै वडा नं. १६ फाइनलमा प्रवेश गरेका हुन् । यो पटक लालबन्दी १६ आयोजक बनेर गराएको प्रतियोगिताको बिजेताले ७० हजार र उपबिजेताले ३५ हजार नगदसहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने वडाध्यक्ष गणेशबहादुर थापाले उज्यालोसँग बताए ।
असोज ५ गते उद्घाटन भएको प्रतियोगिताको आज विशेष समारोहका बीच समापनको तयारी भइरहेको आयोजकले जनाएको छ ।