हरिवन–सर्लाहीको हरिवनमा जारी ७ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
सोमबार एक कार्यक्रमका विच तालिमको समापन गरिएको आयोजक नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष तथा कार्यक्रममा सभाध्यक्ष टंक बहादुर क्षेत्रीले जानकारी दिए । तालिमको प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको महासंघले जनाएको छ । तालिमका सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि सांसद उप्रेतीले प्रमाण पत्र वितरण गरे ।
हरिवन नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको तालिममा जिल्लाका विभिन्न संचारमाध्यमहरुमा आवद्ध ४ दर्जन संचारकर्मीको सहभागिता रहेको थियो । सहभागिहरुलाई प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा सल्लाहकार गोविन्द आचार्यले प्रशिक्षण प्रदान गरेका थिए ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिका कार्यक्रम संयोजक राम प्रसाद दाहालको सहजिकरणमा भएको तालिममा सहभागिहरुले पत्रकारितालाई थप नजिकबाट बुझ्ने मौका मिलेको बताए । तालिमको समापन समारोहमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल प्रहरीका एसपी प्रविण पोख्रेल, नेपाल पत्रकार महासंघका पुर्व सभापती रोशन न्यौपाने, सशस्त्र प्रहरी वल हरिवन बेसपती सशस्त्र प्रहरी नायव उपरिक्षक विकास भुजेल लगाएतको आतिथ्यता रहेको थियो ।