प्रतिकात्मक तस्बिर ।
मलंगवा – बाख्रा चराउन गएकी ७ वर्षीया बालिकाकाे पाेखरीमा डुबेर मृत्यु भएकाे छ ।
पर्सा गाउँपालिका-६ निवासी शम्भु राम महराकी छोरी ७ वर्षीया पिंकी कुमारी महरा पाेखरीमा डुबेर मृत अवस्थामा फेला परेकी हुन् । शुक्रबार दिउँसाे ४ बजे बाख्रा चराउन गएकी पिंकी साँझ अबेरसम्म घर नआएपछि खाेज्दै जाँदा स्थानीय संतोष साहको पोखरीमा डुबेर मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । बालिकाकाे शव पाेष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याईएकाे छ ।