logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

´उज्यालो अभियन्ता` टम बहादुर घिसिङलाई सलाम 🙏


  • उज्यालो अभियान

उज्यालाे अभियान दैनिक/अनलाईनकाे तेस्राे वार्षिकाेत्सवका अवसरमा आईतबार हरिवनकाे सम्राट पार्टी प्यालेसमा आयाेजित कार्यक्रममा उज्यालाे अभियन्ताकाे रुपमा टम बहादुर घिसिङलाई सम्मान पत्र सहित दाेसल्ला ओढाएर अभिनन्दन् गर्दै प्रदेश प्रमुख हरि शंकर मिश्र ।

आफु बसेको समाज भनेको मेरो घर हो । अनी यिनै समाजका मानिसहरु मेरा परिवार हुन् । परिवारका सवै सदस्य खुसी भएर बस्नु पर्छ । सबैले कम्तिमा मानिसले पाउनु पर्ने आधारभुत आवश्यक्ताबाट बञ्चित हुनु नपरोस भन्ने मान्यताका पर्याय हुन्, सर्लाहीको हरिवन नगरपालिका–१ पटौना निवासी टम बहादुर घिसिङ ।

गाउँ समाजमा कसैलाई केही समस्या पर्यो रे भन्ने सुने मात्र पनि मोटसाईकल चडेर दिन होस् वा रात दुख साट्न पुगिहाल्छन् टम बहादुर । दुई दशक भन्दा धेरै समय देखी सुरु भएको उनको सामाजिक सकृयताले आज ६५ वर्षको उमेरमा पनि उत्तिकै गति लिईरहेको छ । आसपासका गाउँका मानिसले नपाएको बिजुली, पानी, बाटो, बालबालिकाको शिक्षादिक्षा उनले यो समस्या उनीहरुको हो भन्ने कहिले सोचेका छैनन् ।

उनै घिसिङको सामाजिक सकृयताका कारण जिल्लाका चुरेक्षेत्रका दर्जनौ गाउँका स्थानीयले आम मानिसको जिवन पाएका छन् । दर्जनौ गाउँ सडक संजालमा जोडिएको छ । धेरै गाउँका स्थानीयले काका कुलको अवस्थाबाट मुक्ति पाएका छन् भने, सयौं परिवारले विजुलीको उज्यालो अनुभव गर्न पाएका छन् । पानी थाप्ने गाग्रो घण्टौं अगाडी लगेर धारामा राख्नुपर्ने वा घण्टौ उकाली ओराली गरेर खानेपानी ओसार्नुपर्ने चुरे क्षेत्रका बासिन्दाको बाध्यतालाई घिसिङको नेतृत्वमा घर छेउ छेउमै धारा जडान भएको छ ।

बुबा लक्ष्मण तामाङ र आमा बुद्धि माया तामाङको माईलो छोराको रुपमा २०१५ साल अषाढ १५ गते तत्कालिन विजुलकोट गाविसमा घिसिङको जन्म भएको हो । सानै देखी कोमल ह्रिदयका उनले गाउँकै विद्यालयबाट कक्षा ८ सम्मको मात्र अध्ययन पुरा गरेका छन्  । बुवा ईण्डिएन आर्मीका जागिरे भएका कारण उनले बाल्यकाल साह्रै अभावमा बिताउनु परेन् ।

घिसिङले २०३३ साल देखी २०५१ सम्म १८ बर्ष नेपाली सेनामा जागिरे भएर देश र जनताको सेवा समेत गरे । विवाह पछि २०५२ साल देखी उनी सर्लाहीको तत्कालिन अत्रौली गाविस स्थित पटौनामा बसोवास सुरु गरेका हुन् । एक छोरा एक छोरी रहेका उनको समाजसेवाको औपचारिक यात्रा २०६२ साल तिर गाउँकै विद्यालय राम अवतार मोवीको बिध्यालय ब्यवस्थापन समितिको अध्यक्षबाट सुरु भएको हो ।

समाजकोलागि केही गर्नु पर्छ भन्ने सधै चिन्ता गरिरहने उनकै पहलमा उक्त बिद्यालयले २०६४ सालबाट ९ कक्षा संचालन गर्न सफल भयो । भने, २०६६ सालमा पहिलो एसएलसी ब्याच निकाल्यो । तिन कार्यकाल घिसिङ अध्यक्ष बनेको उक्त बिध्यालयको ७ औँ एसएलसी ब्याचले जिल्लामै उत्कृष्ट नतिजा समेत निकाल्यो ।

हरिवनको चापिनी पुल उनैको अग्रसरतामा निर्माण सम्पन्न भएको थियो । बर्षा लागेपछि सधै सडक संजाल टुटले सासपुर, अत्रैली र क्यानेश्वर सम्मका नागरिक अहिले सोही पुलका कारण हिउद बर्षा जुनसुकै समयमा पनी पुर्व–पश्चिम लोकमार्ग हरिवन सम्म सजिलै आउजाउ गर्ने गर्दछन् । उक्त पुल निर्माणकालागि उन्कै नेतृत्वमा अर्थ संकलनको लागि गाउँ गाउँमा भागवत सप्ताह लगाउने देखी केन्द्र धाउने सम्मका काम भए । र अन्ततः २०७२ मा पुलको विभिवत उद्घाटन भयो ।

साविक अत्रैली गाविसका १ देखी ४ वडा सम्मका सयौँ स्थानीयले आज आनन्दले पानी खान पाएका छन् । बर्षामा सधै धमिलो खोला खोल्सीको पानी र हिउदमा काकाकुल बन्नु पर्ने अवस्थाबाट उनैले मुक्ति दिलाए भन्दा अतियूक्ति नहोला । गाउँमा रहेको पानीको दुख कसैगरी पनि हटाउनु पर्छ भनेर अघि लाग्ने उनै घिसिङ हुन् । उनैको अध्यक्षतामा २०७४ बाट निर्माण सुरु गराएको उक्त योजना सम्पन्न गरेर २०७६ बाट धारा वितरण गरेर स्थानीयले पानी खाईरहेका छन् ।

अत्यन्त विकट चुरेक्षेत्रका स्थानीयलाई सहज सडक संजालको पहुचमा पुर्याउन समेत उनले नीकै संघर्ष गरिरहेका छन् । २०५८ सालमा एक सुतकेरीको बाटो अभावले झोलुंगोमा बोकेर अस्पताल लैजादै गर्दा उन्कै आखा अगाडि ज्यान गएको घटना आज पनि उस्तै ताजा छ । उनी आज पनि हरेक तहका सरकार भेट्दा त्यहाँका नागरिकलाई सडकको सुविधा पुर्याई दिन आग्रह गरिरहन्छन् ।

सोही घटना पछि ट्रयाक निर्माण सुरु भएको अत्रैली तित्री गाछि देखी क्यानेश्वर सम्मको सडक निर्माणमा उनले आफ्नो व्यक्तिगत र आफ्नै पहलमा सामुहिक सहयोग जुटाए । जनश्रमदानमा जुटेका स्थानीयलाई चिउरा, आलु, तेल लगाएतका खाध्यन्न जुटाउन ठुलो सहयोग गरे । फलस्वारुप २०५९ साल उक्त सडकको ट्रयाक खुल्यो आज कोही बिमारी परिहाले एम्बुलेन्स चुरेका गाउँ सम्म सजिलै पुग्ने गरेको छ ।

चुरे क्षेत्रका बेलडाडाँ देखी बिलन्दी सम्मका नागरिकले घरमा बिजुली बल्दा आजपनि तिनै सामाजिक व्यक्तित्व घिसिङलाई सम्झन्छन् । सोही क्षेत्रको सखुबनीका नागरिक २०७७ सालको अन्त्यतिरबाट खानेपानीको पहुचमा पुगेका छन् । पुस्तौ देखी भोग्दै आएको पानीको बिकराल अवस्था तिनै टम बहादुरको कारण समाधान भएको छ । गाउँ देखी निकै तलको कुवाबाट लिफ्टिङ सुविधाबाट गाउँमा पानि पुर्याइएको छ । उनै घिसिङले चुरे संरक्षण र हरिवन स्थित सगुन सहकारीको सामाजिक उत्तरदावित्व कोषबाट सहयोग जुटाएर यो अवसर प्रदान गरेका थिए । अझै यसरी सामान्य आम नागरिकको हैसियत सम्म नपाएका स्थानीयको जिवनमा एउटा उज्यालो ल्याउने उन्को चाहाना र हुटहुटी कत्ति पनी कम भएको छैन् ।

घिसिङको यस्ता यावत योगदानले गर्दा नै त आज चुरे क्षेत्र मात्र पर्ने हरिवन वडा नं. १ बासिन्दाले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा अन्य उम्मेद्वारहरुको तुलनामा अत्यधिक मत सहित वडाध्यक्षमा विजयी गराए । अरु उम्मेद्वार विजयी हुने वितिकै विजयी यात्रा अनि भोज भतेरमा मस्त हुँदा घिसिङ भने कोठिखोलाका बेसहारा बालक विरु घिसिङको शिक्षादिक्षामा चिन्तित मात्र देखिएनन्, केराबारीको एक बेसहारा अनि विपन्न परिवारलाई केही गर्न सकिन्छ कि भनेर पत्रकारहरुलाई बोलाएर हारगुहार समेत गरे । घिसिङको सामाजिक कार्य प्रतिको लगाव यति उत्पात छ कि, उनले फोन गरे भने सर्लाहीका पत्रकारहरु त्रसित भईहाल्छन् । यो मानेमा कि अब कताको चुरे डाँडा घण्टौं हिडाएर निरीक्षण गराउन लाने हुन भनेर पत्रकारहरु घिसिङको फोन आउने वितिकै त्रसित समेत हुनु परिरहेको छ ।

तपाई श्री टम बहादुर घिसिङको निरन्तर समाज रुपान्तरणको अभियानमा हामी पनि सगैँ हुन लालायित छौँ । तपाईलाई सम्पुर्ण उज्यालो अभियान परिवारको तर्फबाट सलाम छ ।  सर्लाहीलाई उज्यालो पथमा लम्काउने उज्यालो अभियन्ता बन्नु भएकोमा हामी अत्यन्त हर्षित छौँ । सामाजिक जिवनमा जस्तै वडा सरकार प्रमुखको रुपमा तपाईको आगामि भविष्यको उत्तरोतर प्रगतीको कामना सहित अमुल्य योगदानको उच्च कदर सहित हामीले उज्यालो अभियान दैनिक/अनलाईनको तेस्रो बार्षिकोत्सवको शुभ अवसरमा २०७९ जेठ १५ गते १५औं गणतन्त्र दिवसका दिन यो सम्मान पत्र सहित मधेश प्रदेश प्रमुख हरि शंकर मिश्रज्युकाे करकमलबाट उज्यालो अभियन्ताको रुपमा अभिनन्दन् गर्न पाउँदा गौरवान्वित समेत महसुस गरेका छौं ।
टंक बहादुर क्षेत्री
अध्यक्ष तथा
उज्यालो अभियान मिडिया ग्रुप सर्लाही, परिवार