logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बाँके जंगलखण्डमा पिकअपले बसलाई ठक्कर दिँदा १ काे मृत्यु, चालक सहित १२ जना घाइते


  • उज्यालो अभियान

बुधबार दिउँसाे बाँके जंगलखण्डमा ठक्कर खाएर पल्टिएका यात्रु बस (माथि) र पिकअप भ्यान । (तस्बिर : उज्यालाे अभियान)

ईश्वरपुर – सर्लाहीकाे बाँके जंगलखण्ड स्थित पूर्व-पश्चिम राजमार्गमा माछा बाेक्ने बलेराे पिकअप र यात्रुबस ठक्कर खाँदा १ जनाकाे मृत्यु भएकाे छ भने आधा दर्जन यात्रु घाईते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेकाे प्र ३-०१-०२५ च ५७४३ नम्बरकाे पिकअपले बुधबार दिउँसाे सबा २ बजे विपरित दिशाबाट गईरहेकाे ना. ५ ख ५५१५ नम्बरकाे यात्रुबसलाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । आफ्नै साईडमा गुडिरहेकाे बसलाई तिब्र गतिकाे पिकअपले ठक्कर दिएकाे र पिकअपबाट जाेगिन खाेज्दा यात्रुबस पल्टिएकाे हाे । बसले च्याप्पिएर सहचालक सुनसरीकाे ईटहरी उपमहानगरपालिका-४ निवासी ३७ वर्षीय भीम राजवंशीकाे मृत्यु भएकाे छ । बसका चालक विदुर निराैला सहित १२ जना घाईते भएकाे र एकजनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनायाे । घाईतेहरुकाे लालबन्दी माेडेल अस्पतालमा उपचार भईरहेकाे ईलाका प्रहरी कार्यालय केशरगंजले जनाएकाे छ ।

बससँग ठाेक्किएकाे पिकअप भ्यान उछ्छिटिएर जंगलभित्रै पुगेकाे छ । प्रहरीका अनुसार पिकअपका चालक फरार छन् ।