अध्यक्षमा विजयी धिरेन्द्र राय ।
पर्सा – सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।
अध्यक्षमा २ हजार ४६६ मत ल्याएर धिरेन्द्र राय निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का दिनेश कुमार यादवले १ हजार ८५८ मत मात्रै प्राप्त गरे । दिनेश जसपा नेता एवं मधेश प्रदेश सरकारका पूर्व उद्याेग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायका छाेरा हुन् ।
त्यस्तै उपाध्यक्षमा नुतन देवीले २ हजार ३९ मत सहित विजयी भईन् । निकटतम प्रतिद्वन्द्वी जसपाकी नसरुल खातुनले १ हजार ९४१ मत मात्रै पाएकी छिन् । पर्सामा यसअघि अध्यक्ष र उपाध्यक्ष जसपाले जितेकाे थियाे ।