चन्द्रनगर – चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महताे विजयी भएका छन् ।
३ हजार ९९५ मत सहित महताे विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाेकेन्द्र मुखियाले ३ हजार ५३६ मत मात्र पाए । यसअघिका गापा अध्यक्ष लाेसपाका महेन्द्र महताे २ हजार ८८५ मत सहित तेस्राे भए । उनी लाेसपा वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महताेका दाजु तथा प्रदेश सभा सदस्य उपेन्द्र महताेका बुबा हुन् ।
त्यस्तै उपाध्यक्षमा भने माओवादीकी गीता देवी महताे ३ हजार ८६० मत सहित विजयी भईन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मंजु देवीले २ हजार ९५८ मत प्राप्त गरिन् ।
याे सहित कांग्रेसले सर्लाहीमा ९ वटा पालिकामा जीत निकालेकाे छ । यसअघि हरिपुर, मलंगवा, हरिपूर्वा नगरपालिका तथा ब्रम्हपुरी, पर्सा, धनकाैल, विष्णु र काैडेना गाउँपालिकामा कांग्रेसका उम्मेद्वारले प्रमुख र उपप्रमुख दुवै पदमा जितिसकेका छन् । लालबन्दी, ईश्वरपुर र कविलासी नगरपालिकामा कांग्रेसले अग्रता लिईरहेकाे छ ।