logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बलरा नगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर विजयी


  • उज्यालो अभियान

बलरा – बलरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।

प्रमुखमा चारहजार ६४३ मत सहित रामाशंकर प्रसाद कुशवाहा विजयी भएका छन् भने उपप्रमुखमा कोशिला देवी चारहजार ३५१ मत ल्याएर विजयी भएकी छिन् । मेयरमा निकटतम् प्रतिष्पर्धी लोसपाका निवर्तमान मेयर अभय कुमार सिंहले तीनहजार ६३१ मत मात्रै पाए । त्यस्तै उपप्रमुखमा निकटतम् प्रतिस्पर्धी लोसपाकी रागन देवीले तीनहजार ७४० मत मात्रै प्राप्त गरिन् । ११ वडा रहेको बलरा नगरपालिकामा नेपाली कांग्रेसले छ, माओवादी केन्द्रले तीन, नेकपा एमालेले एक र लोसपाका उम्मेद्वारले एउटा वडामा विजय प्राप्त गरे ।