logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनमा भाेली बिहान ९ बजेसम्म मतगणना स्थगित


  • उज्यालो अभियान

हरिवन-७ काे पुनः मतगणना गर्नुपर्ने माग सहित साेमबार दिउँसाे पूर्व-पश्चिम राजमार्गमा चक्काजाम गर्दै कांग्रेसी नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – हरिवन नगरपालिकाकाे मतगणना भाेली मंगलबार मात्र सूरु गरिने भएकाे छ ।

मंगलबार बिहान ९ बजे सर्बदलीय बैठक बसेर मतगणना कसरी सूरु गर्ने भन्ने बारेमा निर्णय गर्ने सहमति गरिएकाे निर्वाचन अधिकृत रुद्र प्रसाद आचार्यले जानकारी दिए । साेमबार साँझ बसेकाे सर्बदलीय बैठकले उक्त निर्णय गरेकाे निर्वाचन अधिकृत आचार्यले बताए ।

वडा नम्बर ७ काे पुन: मतगणना माग राख्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले हरिवन स्थित पूर्व-पश्चिम राजमार्गमा चक्काजाम लगायत विराेध प्रदर्शन गरेपछि साेमबार बिहान ११ बजेतिर बाट जारी सबै वडाकाे मतगणना राेकिएकाे छ । हरिवन नगरपालिका वडा नम्बर ७ काे वडाध्यक्षमा कांग्रेसका प्रत्यासी टीकाजंग थापा(अशाेक) नेकपा एमालेका प्रत्यासी निरध्वज कार्कीसँग १ भाेटले पराजित देखिएपछि कांग्रेसीले पुन: मतगणनाकाे माग राखेका छन् । तर निर्वाचन अधिकृत रुद्र प्रसाद आचार्यले साेमबार दिउँसाे पुन: मतगणना गर्नुनपर्ने भन्ने सूचना प्रकाशित गरेपछि कांग्रेसी कार्यकर्ताले मतगणनास्थल ईलाका प्रशासन कार्यालयमा ढुंगमुढा सहित राजमार्गमा चक्काजाम समेत गरेका थिए ।

विवाद हुँदा हरिवनमा ७, ८ र ९ नम्बर वडाकाे मतगणना जारी थियाे । १, २, ३, ४, ५ र ६ नम्बर वडाकाे भने मतगणना सकिई सकेकाे छ ।