नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारी दिएर पुतली छापबाट वडाध्यक्ष सहित प्यानल नै विजयी भएको हरि बहादुर भट्टराई (बीचमा) नेतृत्वको टोली । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा स्वतन्त्र उम्मेद्वारको प्यानल नै विजयी भएको छ ।
नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेद्वारी दिएका हरिबहादुर भट्टराई (हरिहर) अन्य प्रतिस्पर्धीलाई पन्छाउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । पुतली छापबाट वडाध्यक्षमा निर्वाचित भट्टराईले ५५७ मत प्राप्त गरेका छन् ।
त्यहाँ नेकपा एमालेका उम्मेदवार हरेराम बस्नेतले ४२१ मत मात्र पाएका छन् भने नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार नवराज कुशवाहाले ३४४ मत प्राप्त गरेका छन् ।