हरिवन – हरिवन नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशब राज थापा विजयी भएका छन् ।
उक्त वडामा थापा नेतृत्वकाे प्यानल नै विजयी भएकाे छ । ५६१ मत ल्याएर थापा विजयी हुँदा निकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका किशाेर मिक्चनले ३५९ मत प्राप्त गरे ।
त्यस्तै १, २, ३ र ४ नम्बर वडाकाे मतगणनाकाे अन्तिम परिणाम अनुसार नेकपा एमालेका मेयर र उपमेयर उम्मेद्वारले निरन्तर अग्रता लिईरहेका छन् । मेयरतर्फ एमालेका गणेश प्रसाईं प्रसाद प्रसाईंले दुई हजार ४८१, नेकपा एकीकृत समाजवादीका सुरेन्द्र लामाले एकहजार ४७० र नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) ले एकहजार ३३६ र कांग्रेसका राम प्रसाद मैनालीले एकहजार १२१ मत प्राप्त गरेका छन् । एमालेका प्रसाईं निवर्तमान मेयर समेत हुन् ।
त्यस्तै उपमेयरमा भने एमालेकी हरिमाया घलानले दुईहजार ५५०, कांग्रेसकी सोनी कुमारी बम्जनले एकहजार ८७५, माओवादीकी पद्मा मोक्तानले एकहजार १४१ र ए समाजवादीकी सीता थापाले ७७७ मत प्राप्त गरेकी छिन् ।
उक्त नगरपालिकाकाे १ र २ नम्बर वडामा यसअघि नै क्रमशः कांग्रेसका टम बहादुर घिसिङ र अर्जुन कुमार योञ्जन विजयी भईसकेका छन् । ३ नम्बरको वडाध्यक्षमा भने एमालेका दिपमान लोप्चन विजयी भए ।