logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनमा एमालेका प्रसाईं र घलानको निरन्तर अग्रता


  • उज्यालो अभियान

हरिवन – हरिवन नगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर र उपमेयर उम्मेद्वारले निरन्तर अग्रता लिईरहेका छन् ।

वडा नम्बर १, २ र ३ को मतगणना सकिँदा मेयरतर्फ एमालेका गणेश प्रसाईं प्रसाद प्रसाईंले दुई हजार १३२, नेकपा एकीकृत समाजवादीका सुरेन्द्र लामाले एकहजार ४२ र नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) ले एकहजार १० मत र कांग्रेसका राम प्रसाद मैनालीले ८३८ प्राप्त गरेका छन् । एमालेका प्रसाईं निवर्तमान मेयर समेत हुन् ।

त्यस्तै उपमेयरमा भने एमालेकी हरिमाया घलानले दुईहजार २०३ र नेपाली कांग्रेसकी सोनी कुमारी बम्जनले एकहजार ४५१, माओवादीकी पद्मा मोक्तानले ८७७ र ए समाजवादीकी सीता थापाले ४५७ मत प्राप्त गरेकी छिन् ।

३ नम्बरको वडाध्यक्षमा भने एमालेका दिपमान लोप्चन विजयी भए । ७६६ मत सहित दिपमान विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी जसपाका संजिव कुमार लामा मोक्तानले ४७० मात्र प्राप्त गरेका छन् । हरिवनको वडा नम्बर १ र २ को वडाध्यक्षमा यसअघि नै क्रमशः कांग्रेसका टम बहादुर घिसिङ र अर्जुन कुमार योञ्जन विजयी भईसकेका छन् ।