सुनिल कुमार बुढाथोकी
हरिपुर – हरिपुर नगरपालिकामा मेयरतर्फ नेकपा माओवादी केन्द्रका सुनिल कुमार बुढाथोकी र उपमेयरमा नेकपा एकीकृत समाजवादीकी शिला कार्कीले अग्रता लिएका छन् ।
मेयरमा माओवादीका बुढाथोकीले दुईहजार २६६ कांग्रेसका गोपाल पंजियारले दुईहजार १६३ र एकीकृत समाजवादीका
जमिरुद्दिन मंसुरले एकहजार ३१३ मत पाएका छन् । समाजवादीका मंसुर निवर्तमान मेयर हुन् ।
त्यस्तै उपमेयरमा ए समाजवादीकी शिला कार्कीले दुईहजार २६५, माओवादीकी अनिता देवीले दुईहजार र कांग्रेसकी निलम देवीले एकहजार ८९० मत प्राप्त गरेकी छिन् । त्यहाँ वडा नम्बर १ मा माओवादीका नानीबाबु थापाले ७८०, २ मा एमालेका निलविक्रम थापाले ६१८, ८ मा ए समाजवादीका हरि बहादुर थापाले ५४० र ९ मा ए समाजवादीका विश्वनाथ यादव एकहजार १८७ मत सहित वडाध्यक्षमा निर्वाचित भएका छन् ।