logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चक्रघट्टा-१ मा माओवादीका राय विजयी, गापामा भने जसपा अगाडि माओवादी तेस्राे


  • उज्यालो अभियान

चक्रघट्टा-१ काे वडाध्यक्षमा विजयी राम सुरेश राय ।

चक्रघट्टा – चक्रघट्टा गाउँपालिका-१ काे वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका राम सुरेश राय विजयी भएका छन् ।

३८८ मत सहित राय विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी जसपाका चन्द्रशेखर प्रसाद यादवले ३१६ मत मात्र पाए । कांग्रेसका शिवस्वरुप रायले भने २९८ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ मा खसेकाे एकहजार १७० मतगणना गर्दा गापा अध्यक्षतर्फ भने जसपाका कृष्ण कुमार यादवले ४४६, कांग्रेसका रामजी साह तेलीले ३०१ र माओवादीका विक्रम यादवले २८५ मत प्राप्त गरेका छन् । तेस्राे नम्बरमा रहेका विक्रम निवर्तमान गापा अध्यक्ष हुन् ।

त्यसैगरि उपाध्यक्षतर्फ जसपाकी मिना देवी रायले ३७३, कांग्रेसकी विमला जयसवालले ३६४ र माओवादीकी सजरा खातुनले २८६ मत पाए । अब चक्रघट्टा-९ काे मतगणना हुन थालेकाे छ ।