ईश्वरपुर – ईश्वरपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका धर्मेन्द्र राय यादव विजयी भएका छन् ।
५९६ मत सहित यादव विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंजुर मियाँ मोसिनले ५३७ मत प्राप्त गरे । माओवादी केन्द्रका राजु चौधरीले भने ४८० मत मात्र प्राप्त गरे ।
वडा नम्बर १ मा दुईहजार ११४ मतगणना हुँदा मेयरतर्फ भने कांग्रेसका मनोज कुमार आचार्यले ६६१ मत सहित अग्रता लिएका छन् । त्यस्तै एमालेका मनोज कुमार देवकोटाले ५४९ र माओवादी केन्द्रका जय प्रकाश चौधरीले ४०० मत प्राप्त गरे । उपमेयरमा भने कांग्रेसकी रंजिता देवी चौधरीले ६४१ मत सहित अग्रता लिएकी छिन् । एमालेकी एकावती देवी चौधरीले ६१४ र माओवादीकी भिष्म कुमारी विश्वकर्माले ३६३ मत प्राप्त गरेकी छिन् ।