वडाध्यक्षमा निर्वाचित टम बहादुर घिसिङ ।

हरिवन – हरिवन नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका टम बहादुर घिसिङ विजयी भएका छन् ।
घिसिङ निकटतम प्रतिद्वन्द्वी भन्दा निकै फराकिलो मतान्तरले विजयी भएका हुन् । घिसिङले एकहजार १०५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रत्यासी रामबहादुर क्याप्छाकीले ६२२ मत मात्र ल्याए । क्याप्छाकी २०७४ सालको स्थानीय तह निर्वाचन २०७४ मा सोही वडामा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । त्यहाँ नेकपा माओवादी केन्द्रकी अनुरोनिया सुडीले २० मत मात्र प्राप्त गरेकी छिन् ।
वडा नम्बर १ मा मेयरतर्फ भने एमालेका गणेश प्रसाद प्रसाईंले ६२७, माओवादीका कमल बुढाथोकीले ३५१ र कांग्रेसका राम प्रसाद मैनालीले २९७ मत प्राप्त गरे । त्यसैगरी उपमेयरमा भने कांग्रेसकी सोनी बम्जनले ६९८, एमालेकी हरिमाया घलानले ६३९ र माओवादीकी पद्मा मोक्तानले २०३ र नेकपा एकीकृत समाजवादीकी सीता थापाले १२४ मत प्राप्त गरेकी छिन् । त्यस्तै वडा नम्बर २ मा पनि कांग्रेसका अर्जुन योञ्जन वडाध्यक्षमा विजयी भईसकेको भएपनि आधिकारिक रुपमा घोषणा हुन भने बाँकी रहेको मतगणनामा सहभागि एक कांग्रेसी नेताले जानकारी दिए ।