logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मलंगवा १ को वडाध्यक्षमा कांग्रेसका नवलकिशोर ११ मतले विजयी


  • उज्यालो अभियान

मलंगवा – मलंगवा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवल किशोर यादब विजयी भएका छन् ।

मतगणनामा सहभागि स्रोतका अनुसार ४५ वर्षीय नवलकिशोर ४२३ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक अन्तिम मतपरिणाम भने आउन बाँकी छ । त्यहाँ वडाध्यक्षको उम्मेद्वारमा दुईजना मात्र थिए । वडाध्यक्षको उम्मेद्वारमा दुईजना मात्र थिए ।

मेयरतर्फ भने कांग्रेसका नागेन्द्र प्रसाद रायले ४५५, जसपाका निरसल साहले ३६६ र नेकपा एकीकृत समाजवादीका देवेन्द्र रायले ८ मत प्राप्त गरेका छन् । उपमेयरमा भने कांग्रेसकी सकुन्तला देवीले ४१८, जसपाकी पानाेदेवीले ३७३ र लाेसपाकी सीमा झाले १९ मत प्राप्त गरेकी छिन् ।