logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सेनाले स्थिति नियन्त्रणमा लिएपछि काैडेनामा दाेस्राे पटक अवरुद्द मतदान सुचारु


  • उज्यालो अभियान

शुक्रबार दिउँसाे पटक पटक झडप भएपछि मतदान सूचारु गराउन काैडेना-६ आधारभूत विद्यलय मतदान केन्द्रमा खटिएकाे नेपाली सेनाकाे टाेली ।

काैडेना – स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको काैडेना गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक-पटक झडप भएपछि दाेस्राे पटक पुन: मतदान सुचारु भएकाे छ ।

कौडेना गाउँपालिका–६, श्री जनता आधारभूत मतदान स्थल नेपाली सेनाकाे टाेलीले नियन्त्रणमा लिएपछि पुनः मतदान सुरु भएकाे हाे । बिहानदेखि पटक-पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल नेपाली सेनाले नियन्त्रणमा लिएकाे थियाे । मतदान स्थलमा तत्काल आईपुगेकाे सेनाकाे टाेलीले फायर नगरेपनि हतियार तेर्स्याएपछि स्थिती तत्काल शान्तिपूर्ण बनेकाे स्थानीय संचारकर्मी निरज यादवले जानकारी दिए ।

कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा बिहानै झण्डै १ घण्टा अवरुद्ध भएको मतदान सुचारु भएकाे आधाघण्टा पछि पुन: झडपका कारण दाेस्राे पटक अवरुद्द  भएको थियाे । ४० मिनेट अवरुद्द भएकाे मतदान कार्य केहीबेर अगाडीबाट पुनः सुचारु भएकाे छ ।