logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चक्रघट्टाको शिवनगरमा पनि भर्खरै गोली चल्यो


  • उज्यालो अभियान

धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा प्रहरीले गोली चलाएपछि भागाभाग गर्दै गरेका नेता कार्यकर्ता तथा मतदाताहरु ।

चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिका अन्तर्गत शिवनगरको रासनारायण प्रावि मतदान केन्द्रमा दुई पक्षको झडपका कारण स्थिती नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको छ ।

चक्रघट्टा गाउँपालिका–१, शिवनगर स्थित रासनारायण प्रावि मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच झडप हुँदा स्थिती नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका हुन् । के कति घाईते भए लगायत घटनाबारे विस्तृत विवरण भने आईसकेको छैन ।