logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिपुरमा नयाँ इन्स्पेक्टर कुँवर आए


  • उज्यालो अभियान

ईलाका प्रहरी कार्यालय हरिपुरमा आएका प्रहरी निरीक्षक विजय कुँवर (बायाँ) र हरिपुरबाट सरुवा भएका प्रनि बेद बहादुर पाैडेल । (तस्बीर : उज्यालो अभियान)

हरिपुर – सर्लाहीको हरिपुरस्थित इलाका प्रहरी कार्यालयमा मंगलबार नयाँ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हाँजिर भएका छन् ।

हरिपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट सरुवाभई प्रहरी निरीक्षक विजय कुँवर आएका हुन् । त्यहाँ यसअघिका प्रहरी निरीक्षक बेदबहादुर पौडेल पनि मंगलबार नै बिदाई भएर गएका छन् ।
पौडेलको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा भएको छ । सर्लाहीका ७ जना प्रहरी निरीक्षकको तीन साताअघि नै सरुवा भएको थियो ।
यस्तै, हरिवन, लालबन्दी, बयलवास र हरिपुरको इलाका प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा नयाँ इन्स्पेक्टरहरु हाजिर भइसकेका छन् । अब जिल्ला प्रहरी कार्यालयका दुई जना प्रहरी निरीक्षकहरु सरुवा भएको स्थानमा जान र नयाँ प्रहरी निरीक्षकहरु आउन बाँकी रहेको छ ।