logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीमा एमालेले रातारात खड्काकाे सट्टा महतलाई ताेक्याे मेयर उम्मेदवार


  • उज्यालो अभियान

लालबन्दी – नेकपा एमालेले लालबन्दी र हरिपुर नगरपालिकामा मेयरका उम्मेदवार अन्तिम समयमा परिवर्तन गरेकाे छ ।

लालबन्दी नगरपालिका सहित १६ वटा पालिकामा एमालेले आईतबार साँझ नै मेयर/अध्यक्षका उम्मेद्वार टुंग्याएकाे थियाे । जसअनुसार लालबन्दीमा हालकै मेयर मान बहादुर खड्कालाई पुनः उम्मेदवार बनाउने निर्णय भएकाे थियाे । तर साेमबार बिहान पार्टी केन्द्रबाट लालबन्दीकाे मेयर उम्मेदवारमा गाेविन्द बहादुर महत ताेकिएका छन् । मेयर उम्मेदवारमा खड्काकाे निर्णय भएकाे भन्दै सामाजिक संजाल लगायत जताततै बधाई एवं शुभकामना छ्याछ्याप्ती भएपनि एकाएक अन्तिम समयमा महतलाई उम्मेद्वार ताेकिएपछि लालबन्दीका एमाले नेता कार्यकर्ताबीच तरंग पैदा भएकाे एक एमाले नेताले जानकारी दिए ।
त्यस्तै हरिपुरमा पनि केन्द्रले नै राम प्रसाद चाैधरीलाई मेयर उम्मेद्वार ताेकेकाे छ । यसअघि हरिपुरकाे मेयर उम्मेदवारमा यादव सरकारकाे नाममा लगभग सहमती भईसकेकाे थियाे ।

याे पनि पढ्नाेस्

एमालेले सर्लाहीका १६ वटा पालिकामा टुंग्यायो प्रमुखको उम्मेदवार (नामावलीसहित)

एमाले जिल्ला अध्यक्ष राजनारायण साहका अनुसार अन्तिम समयमा केन्द्रबाटै लालबन्दीमा मान बहादुर खड्काकाे सट्टा गाेविन्द बहादुर महत र हरिपुरमा यादव सरकारकाे सट्टा राम प्रसाद चाैधरीलाई मेयरकाे उम्मेदवार ताेकिएकाे हाे । चाैधरी यसअघिकाे स्थानीय तह निर्वाचनमा राजपाकाे तर्फबाट मेयरका प्रत्यासी थिए ।