logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

गाेडैताकाे मेयर उठन कांग्रेस नेता कुशवाहाले प्रदेश सभा सदस्यबाट राजिनामा दिए


  • उज्यालो अभियान

उपेन्द्र प्रसाद कुशवाहा

गोडैता – नेपाली कांग्रेसका नेता उपेन्द्र प्रसाद कुशवाहाले गाेडैता नगरपालिकाकाे मेयरमा उम्मेदवारी दिन प्रदेश सभा सदस्यबाट राजिनामा दिएका छन् ।

सर्लाहीको क्षेत्र नम्बर ४ प्रदेश सभा क्षेत्र ख बाट निर्वाचित कुशवाहाले राजीनामा दिएका हुन् । नगरबासीहरुकाे दबाबका कारण आफूले प्रदेश सभा सदस्यबाट राजिनामा दिएर नगरपालिकाकाे मेयरमा उम्मेदवारी दिन लागेकाे कुशवाहाले बताए ।

कुशवाहा मधेश प्रदेश सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका थिए । २०७४ काे स्थानीय तह निर्वाचनमा गाेडैता नगरपालिकाकाे मेयरमा निकटतम प्रतिद्वन्द्वीकाे रुपमा पराजित भएपछि कुशवाहालाई कांग्रेसले लगतै भएकाे प्रदेश सभा सदस्य निर्वाचनमा समेत टिकट दिएकाे थियाे ।