मानबहादुर खड्का
लालबन्दी – नेकपा एमालेको तर्फबाट लालबन्दी नगरपालिकाको मेयरमा मानबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट लालबन्दीमा मेयरको उम्मेदवार खड्का की गोविन्द महत भन्ने अन्यौलता भइरहेको बेला खड्काले बिहान ११ः४० बजे पुरानो नगरपालिका भवनस्थि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सहायक निर्वाचन अधिकृत नेत्रबहादुर पाख्रिनले एमालेको तर्फबाट नगरप्रमुखमा उम्मेदवारी परिसकेको उज्यालो अभियानसँग बताए ।
मेयरको टिकट नेता महतले पाएको चर्चा भइरहँदा निवर्तमान मेयर खड्काले प्रस्तावक र समर्थक मात्रै लिएर गएर उम्मेदवारी दर्ता गराएको बुझिएको छ । यता, नेता गोविन्द महतले भने एमालेको तर्फबाट लालबन्दी नगरपालिकाको मेयरमा आफूले टिकट पाएको र अब केहीबेरपछि नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने बताए ।
एमाले प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्तले प्रदेश कमिटीकाे निर्णय अनुसार मान बहादुर खड्का नै लालबन्दीमा मेयरकाे उम्मेद्वार भएकाे दाबी गर्छन् । ´पार्टी प्रदेश कमिटीकाे निर्णय अनुसार मान बहादुर खड्का नै मेयरका उम्मेद्वार हुन्`, पन्तले साेमबार दिउँसाे उज्यालाे अभियानसँग भने`, ´पार्टी केन्द्रीय सचिवालयले आज बिहान लालबन्दीकाे मेयर उम्मेद्वारमा गाेविन्द महतलाई ताेकेेकाे भन्ने बजार हल्ला मात्रै हाे ।` उनले प्रदेश कमिटीबाट सर्लाही हेर्ने जिम्मा आफूले पाएकाले केन्द्रीय सचिवालय तथा प्रदेश ईन्चार्ज र अध्यक्षबाट कुनै जानकारी नआएकाे हुँदा बजार हल्लाकाे पछि नलाग्न नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
याे पनि पढ्नाेस्
लालबन्दीमा एमालेले रातारात खड्काकाे सट्टा महतलाई ताेक्याे मेयर उम्मेदवार
एमालेले सर्लाहीका १६ वटा पालिकामा टुंग्यायो प्रमुखको उम्मेदवार (नामावलीसहित)
मेयर उम्मेद्वारकाे रुपमा दुईजनाले दर्ता गर्ने भएपछि लालबन्दी एमाले नेता कार्यकर्ताहरु अन्याैल मात्र हैन तरंगित बनेका छन् ।