logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

स्व.कुमार पौडेलकी श्रीमतीद्वारा बागमती नगरपालिकाको मेयरमा उम्मेदवारी


  • उज्यालो अभियान

बागमती – तीन वर्षअघि प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाउनुभएका विप्लव समूह सर्लाहीका तत्कालिन जिल्ला इन्चार्ज कुमार पौडेलकी श्रीमतीले बागमती नगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी छन् ।

पौडेलकी श्रीमती धनकुमारी खड्का पौडेलले आइतबार बागमती नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । बागमती नगरपालिकाको धरहरा निवासी पौडेलले भ्रष्टाचार, तस्करी, प्राकृतिक स्रोत साधनको दोहनविरुद्ध र गरिव, किसान, मजदुर र सुकुम्वासीको अधिकार अनी विकास र समृद्धिका लागि मेयरमा उम्मेदवारी दिएको बताईन् ।

त्यसबेला भूमिगत भएको विप्लव समूहका तत्कालिन इन्चार्ज पौडेलको २०७६ साल असार ५ गते प्रहरीले प्रहार गरेको गोली लागेर नवलपुरस्थित जंगलमा ज्यान गएको थियो । पौडेल परिवारले उनलाई नियन्त्रणमा लिएर निर्मम ढंगले हत्या गरिएको दावी गर्दै आइरहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पनि पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको निष्कर्ष निकालेको थियो । सर्वोच्च अदालतले घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न निर्देशन दिएपनि प्रहरीले चासो देखाएको छैन् ।