logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेसद्वारा निसन्तान दम्पतिलाई घर उपहार


  • उज्यालो अभियान

नवलपुर – नेपाली कांग्रेसका कार्यकर्ताले सर्लाहीको लालबन्दी नगरपालिका–२, गैरी टोलका एक दम्पत्तिलाई निर्माण गरिदिएको घर शुक्रबार हस्तान्तरण गरिएको छ ।

निसन्तान दम्पत्ति छोइ दोर्जे र सूर्यमायालाई काँगे्रेसका कार्यकर्ताहरु मिलेर दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरेका हुन् । दोर्जे दम्पत्तिको घाम, पानी समेत नछेक्ने घर रहेकाले नाजुक अवस्था देखेर आफूहरुले एकआपसमा आर्थिक सहयोग संकलन गरी घर निर्माण गरेर हस्तान्तरण गरेको कांग्रेस लालबन्दी नगरपालिका-२, का वडा सभापति कृष्ण दाहालले जानकारी दिए ।

दाहालकै नेतृत्वमा दुई लाख १० हजार रुपैयाँ खर्चेर दोर्जे दम्पत्तिका लागि टायलकाे छानाे भएकाे दुई कोठाको पक्की घर निर्माण सम्पन्न गरि हस्तान्तरण गरिएको हो । नवनिर्मित घरको कांग्रेसका वयोवृद्ध नेता सुरेन्द्र प्रधानको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको वडा सभापति दाहालले बताए ।

बेसहारा दोर्जे दम्पत्ति घर पाएपछि दङ्ग परेका छन् । दुवै दम्पति शुक्रबार नै नेपाली कांग्रेसमा समेत प्रवेश गरेका छन् ।

फोटो क्याप्सन : दाेर्जे दम्पतिका लागि कांग्रेस नेता कार्यकर्ताले बनाइदिएको घर । (तस्बीर : उज्यालो अभियान)