logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीका अधिकांश मेयर पार्टीको काममा सरकारी गाडी दुरुपयाेग गर्दै


  • उज्यालो अभियान

हरिपुर – निर्वाचन आचारसंहिता लागू भइसक्दा समेत सर्लाहीमा अहिले पनि एक दर्जन बढी पालिकाका प्रमुखहरुले पार्टीको कार्यक्रममा हिँड्दा सरकारी गाडी चढिरहेका छन् ।

मंगलबारसम्म जिल्लाको ६ वटा पालिकाका मेयरले मात्रै सरकारी गाडी नगरपालिकालाई बुझाएका छन् । जिल्लाको हरिपुर नगरपालिकाका मेयर जमिरुदिनु मन्सुर, मलंगवा नगरपालिकाका मेयर निरसल साह र पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव रायले मंगलबार सरकारी सुविधाको गाडी आ–आफ्नो पालिकालाई फिर्ता गरेका हुन् ।

सर्लाहीमा अहिलेसम्म यि तीन पालिकाबाहेक हरिवन, कविलासी र बरहथवा नगरपालिकाका मेयर र केही पालिकाका वडाध्यक्षहरुले सरकारी जिप तथा मोटरसाइकल फिर्ता गरेका छन् । सर्लाहीमा अझै १४ वटा पालिकाका प्रमुख र बहुसंख्यक वडाध्यक्षहरुले सरकारी गाडी चढेर पार्टीको प्रचारप्रसार, भेला, छलफलजस्ता कार्यक्रममा हिँडिरहेका छन् ।

पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव राय सरकारी सुविधाको गाडी फिर्ता गर्दै । (तस्बीर : उज्यालो अभियान)