logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दी प्रहरीद्वारा खाद र कपडा बरामद


  • उज्यालो अभियान

लालबन्दी – ईलाका प्रहरी कार्यालय लालबन्दीकाे टाेलीले भन्सार छलेर ल्याइएको कपडा तथा युरिया मल बरामद् गरेको छ ।

प्रहरी चेकिङ टोलीले पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी–६, बाट आईतबार दिउँसाे कपडा र युरिया मल बरामद् गरेको हो । पूर्वबाट सिन्धुलीको मरिणतर्फ हिँडेको ना. ४ ख १०८६ नम्वरको यात्रुबाहक बसबाट १ लाख १५ हजार ५०० बराबरको कपडा र युरिया मल बरामद् भएको प्रहरीले जनाएको छ ।

बरामद् सामानहरुमा ४९ बोरा युरिया मल, २२ थान साडी, २७ थान कुर्था र ३ थान झुल रहेको छ । उक्त कपडा र युरिया मल आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ ।