logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीमा आँखा परीक्षण गर्दा झण्डै ५० प्रतिशतमा माेतियाविन्दु फेला


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा आयाेजित निःशुल्क शिविरमा परीक्षण गराएका मध्ये झण्डै ५० प्रतिशतमा आँखाकाे माेतियाविन्दु राेग देखिएकाे छ ।

नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा अस्पतालले लालबन्दी–५, स्थित आफ्नै भवनमा आईतबार राखेको शिविरमा ७० जनाले आँखा परीक्षण गराएका थिए । ७० जनामध्ये २९ जनामा मोतियाविन्दुको समस्या देखिएको रेडक्रस उपशाखा लालबन्दीका सभापति ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार बिरामी सबैलाई औषधि निःशुल्क बाँडिएको थियो । मोतियाविन्दुका बिरामीलाई सोमबार जनकपुरस्थित जानकी आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ ।