logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुटपानीकाे वृद्धाश्रममा आर्थिक सहयोग


  • उज्यालो अभियान

जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका-२, जुटपानी स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमलाई एक मनकारी दानविरले आर्थिक सहयाेग गरेका छन् ।

बागमती नगरपालिका–४, प्रसाई टोल निवासी खडानन्द तिमल्सिनाले आइतबार जुटपानी आश्रममा आर्थिक सहयोग गरेका हुन् । तिमल्सिनाले आफ्नो ८४ र नाती रुपेशको व्रतबन्धको अवसर पारेर वृद्धाश्रमलाई १५ हजार १०० रुपैयाँ प्रदान गरेकाे आश्रमकी अध्यक्ष भवानी काेइरालाले बताईन् । काेइरालाका अनुसार खडानन्द र उनका नाती रुपेश दुवैजना आइतबार आश्रममै आएर वृद्धवृद्धालाई भोजन गराउनका लागि सो रकम सहयोग गरेका छन् ।

फाेटाे क्याप्सन : आर्थिक सहयाेगका लागि वृद्धाश्रममा पुगेकाे तिमल्सिना परिवार । (तस्बिर साैजन्य : भवानी काेइराला)