logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कबिलासीका मेयर काैशल किशाेरले पनि फिर्ता गरे जीप


  • उज्यालो अभियान

कबिलासी – सर्लाहीको कबिलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले पनि आफूले चढ्दै आएको सरकारी गाडी आइतबार नगरपालिकालाई फिर्ता गरेका छन् ।

बैशाख ३० का लागि घोषणा भएको स्थानीय तहको निर्वाचन र आचारसंहितालाई मध्यनजर गर्दै मेयर यादवले आफुले चढ्दै आएको ना. १ झ १६७४ नम्बरको सरकारी  जीप फिर्ता गरेका हुन् । उनले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई जीपको चाबी हस्तान्तरण गरेका छन् ।

तीन दिनअघि हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले पनि आफुले चढ्दै आएकाे सरकारी सुविधाकाे जीप तथा वडाध्यक्षहरुले माेटरसाईकल फिर्ता गरेका थिए । जिल्ला स्थित अन्य विभिन्न पालिकाका वडाध्यक्षहरुले पनि आफूले प्रयोग गर्दै आइरहेको सरकारी सवारी साधन धमाधम फिर्ता गरिरहेका छन् ।

फोटो क्याप्सन : गाडी फिर्ता गर्दै मेयर कौशलकिशोर यादव । (तस्बीर : सामाजिक संजाल)