logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बालकले चलाएको साईकलको ठक्करबाट वृद्धको ज्यान गयो


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा बालकले चलाएको साईकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

कबिलासी नगरपालिका-५ निवासी ६८ वर्षीय अच्छेलाल राय यादवको साईकलको ठक्करबाट मृत्यु भएको हो । शनिबार साँझ सबा ५ बजे मलंगवा नपा-१० जिविसचोक निवासी राममोहन पंडितको छोरा १४ वर्षीय जित कुमार पंडितले चलाएको साईकलले अच्छेलाललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

बाटो क्रस गर्ने क्रममा पैदल यात्री अच्छेलाललाई पंडितले चलाएको साईकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते अच्छेलाललाई तत्काल उपचारका लागि ओम अस्पताल मलंगवा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने साइकल र साईकल चालक पंडितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार साईकलको ठक्करबाट हुने दुर्घटनालाई भवितव्य घटनाको रुपमा मुद्धा प्रकृया अगाडी बढाईने छ । ईन्जिनयुक्त सबारी साधन भएमात्र सबारी ज्यान मुद्धामा कार्बाही प्रकृया अगाडी बढ्ने तथा क्षतिपूर्तिको प्रकृया अगाडी बढ्ने भएपनि साईकलको ठक्करबाट हुने घटनालाई भवितव्यको रुपमा लिईने प्रहरीले जनायो ।