बयलवास – स्थानीय तह निर्वाचनका सम्वन्धमा विहीबार सर्लाहीको बयलवासमा अन्तरक्रिया गरिएको छ ।
गिरिजा प्रसाद कोइराला (जीपी) फाउण्डेसन ईश्वरपुर नगर समितिको आयोजनामा आसन्न निर्वाचनबारे अन्तरक्रियासहित नव वर्ष २०७९ सालको शुभकामना आदानप्रदान समेत गरिएको हो । फाउण्डेसनका नगर अध्यक्ष प्रदीप तिमल्सिनाको अध्यक्षता तथा पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रियामा १ नं. क्षेत्रका क्षेत्रीय सभापति हरि बहादुर लुंगेली, पूर्व क्षेत्रीय सभापति प्रमोद कुमार बराल, सुरेन्द्र प्रसाद न्यौपाने, योगराज देवकोटा, रामबाबु साहलगायतको उपस्थिति रहेको थियो ।
सहभागीहरुले आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन एक ढिक्का भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । अन्तरक्रियामा नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
फोटो क्याप्सन : बयलवासमा आयोजित अन्तरक्रिया कार्यक्रम । (तस्बीर : उज्यालो अभियान)