logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ईश्वरपुरमा एमालेबाट मेयरमा ५ र उपमेयरमा ३ जनाको नाम सिफारिस


  • उज्यालो अभियान

ईश्वरपुर – नेकपा एमाले ईश्वरपुर नगर कमिटीले आगामी स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयरका उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ ।

दुई दिनअघि बसेको नगर कमिटीको बैठकले मेयरको उम्मेद्वारका रुपमा मनोज देवकोटा, सन्तोष आचार्य, दिल बहादुर थिङ, सुशिल थपलिया र चन्द्रभुषण साहलाई सिफारिस गर्ने निर्णय गरेको नगर कमिटी अध्यक्ष पुरुषोत्तम बरालले जानकारी दिए । पहिलो नम्बरमा सिफारिसमा परेका देवकोटा ईश्वरपुर नगरपालिकाका हालका पनि मेयर हुन् ।

त्यस्तै बैठकले उपमेयरको उम्मेद्वारमा हालकी उपमेयर एकावती चौधरी, लक्ष्मी खरेल र सविता चौधरीलाई सिफारिस गरेको छ । वडाध्यक्षहरुको भने सिफारिस गर्न बाँकी रहेको अध्यक्ष बरालले जानकारी दिए । नगर कमिटीले जिल्ला कमिटीलाई उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिस गरेको हो । जिल्लाका विभिन्न पालिकाबाट मेयर र उपमेयरका उम्मेद्वारहरुको नाम सिफारिसको निर्णय हुने क्रममा रहेकाले सबै पालिकाबाट नाम नआईसकेको जिल्ला उपाध्यक्ष विदुर प्याकुरेलले जानकारी दिए ।