logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मलंगवामा कलको मोटरबाट लिक भएको करेन्ट लाग्दा युवकको मृत्यु


  • उज्यालो अभियान

विद्युत करेन्ट लागेर अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएका अवधेश साह । (तस्बिर : सामाजिक संजाल)

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा विद्युत करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका–९ निवासी रघुनाथ साहका छोरा ३६ वर्षीय अवधेश साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । मंगलबार दिउँसो घरमै रहेको कलमा पानी खिच्ने क्रममा अवधेशलाई करेन्ट लागेको थियो । मोटर चलिरहेको कलमा पानी खिच्ने क्रममा करेन्ट लिक भएर साहलाई करेन्ट लागेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । अवधेशलाई उपचारका लागि तत्काल अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको बताईएको छ ।

मृतक अवधेश सदरमुकाम मलंगवामा लामो समयदेखि रघुनाथ होटल सञ्चालन गर्दै आईरहेका रघुनाथ साहका छोरा हुन् ।