बागमती – बागमती नदीमा डुबेकाे अवस्थामा एक वृद्दकाे शव फेला परेकाे छ ।
बागमती नगरपालिका-१२ निवासी ७२ वर्षीय मर्दन थिङकाे शव मंगलबार बिहान बागमती नदी स्थित शव दाहसंस्कार गर्ने घाट स्थल भन्दा केही दक्षिण फेला परेकाे हाे । बागमती नदीमा घाेप्टाे परेर डुबेकाे अवस्थामा पनि उनकाे हातमा माछा मार्ने जाल र मारेकाे माछा हाल्ने फुर्लुङ कम्मरमै बाँधिएकाे थियाे । स्थानीयले नदीमा मान्छे डुबेर तैरिएकाे जस्ताे देखेपछि मंगलबार बिहानै प्रहरीलाई खबर गरेका थिए ।
थिङ साेमबार साँझ नै बागमतीमा डुबेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ । उनी हरेक दिन बागमतीमा माछा मार्ने गर्दथे ।
फाेटाे क्याप्सन : बागमती नदीमा डुबेकाे अवस्थामा मर्दन थिङकाे शव ।