logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम तालिम प्रदान


  • उज्यालो अभियान

हरिपुर – बालबालिकाहरुको समृद्धि र समुन्नतिको लागि काम गर्ने उद्देश्य राखी शिक्षकहरुलाई पाठ्यक्रम (साक्षरता तथा गणितीय सिप) सम्वन्धि ६ दिने तालिम सर्लाहीको हरिपुरमा सोमवार सम्पन्न भएको छ ।


सेभ द चिल्ड्रेनको साझेदारीमा ग्रामीण नारी उत्थान संघ र हरिपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्म शिक्षण गरिरहेका शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । ६ दिने एकीकृत पाठ्यक्रम (साक्षरता तथा गणितीय सिप) सम्वन्धि तालिमले एकीकृत पाठ्यक्रमवारे सहभागिहरुलाई ज्ञान सीप र धारणामा स्पष्ट गर्ने, एकिकृत पाठ्यक्रममा आधारित भएर शिक्षण क्रियाकलापहरु संचालन गर्ने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।


व्यवहार कुशलशिपमा जोड दिंदै विषयगत शिक्षण गर्न सिपको विकास गर्ने, विषयमा आधारित भइ शिक्षण कार्य गर्ने पनि तालिमको मुख्य उद्देश्य हो । तालिममा हरिपुर नगरपालिकाका सामुदायिक विद्यालयका १५ जना शिक्षक सहभागी भएका थिए भने अन्तिम दिन सोमबार सबै सामुदायिक विद्यालयका प्रधानध्यापकलाई पनि तालिममा सहभागी गराइएको थियो ।
चैत्र २३ गते देखि सुरु भएको कार्यक्रम सोमबार समापन गरिएको हो ।

कार्यक्रममा हरिपुर नगरपालिकाका सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मको पढाउने शिक्षकहरुको ६ दिनसम्म सहभागीता भएको थियो । तालिम समापन कार्यक्रमको अध्यक्षता ग्रामीण नारी उत्थान संघका अध्यक्ष गोमा देवी न्यौपानेको र प्रमुख अतिथि शिक्षा अधिकृत नागेश्वर राय थिए ।

तालिमको प्रशिक्षण भोगेन्द्र कुमारले गरेका शिक्षा अधिकृत मोहन स्वर्णकारले जानकारी दिए ।