logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बहुजन एकता पार्टीले गठन गर्याे प्रचार-प्रसार समिति


  • उज्यालो अभियान

मलंगवा – बहुजन एकता पार्टी सर्लाहीले चुनाव प्रचार-प्रसार समिति गठन गरेकाे छ ।

आईतबार सदरमुकाम मलंगवामा बसेकाे जिल्ला कार्यसमितिकाे बैठकले विभिन्न निर्णयहरु गरेकाे छ । संगठन निर्माण विस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत बैठक बसेर विभिन्न निर्णयहरु गरिएकाे पार्टीका वरिष्ठ नेता राजाराम पासवानले जानकारी दिए ।

जिल्ला अध्यक्ष सुबोध कुमार हजारीको अध्यक्षतामा बसेको बैठकले चुनाव प्रचार-प्रसार समिति, अनुसाशन समिति एवं अनुगमन तथा सहयोग समिति गठन गरेको छ। बैठकमा केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन, वरिष्ठ नेता राजाराम पासवान केन्द्रीय समिति सदस्यहरु जितेन्द्र कुमार राम एवं राम अयोधी लगायत नेताहरुकाे उपस्थिती रहेकाे थियाे । जिल्लाका २० वटै स्थानीय तहबाट स्थलगत रिपोर्ट बुझ्नका लागि केन्द्रीय अध्यक्ष रंजन बैठकमा आएकाे वरिष्ठ नेता पासवानले जानकारी दिए ।

फाेटाे क्याप्सन : मलंगवामा आईतबार भएकाे कार्यक्रममा सहभागी नेताहरु । (तस्बिर : सामाजिक संजाल)